प्रधानसेनापति शर्मा अमेरिकामा


१४ असार २०७९, मंगलवार १३:४५ मा प्रकाशित

अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भर्जिनियास्थित ‘नेसनल म्युजियम अफ द मरिन क्रप्स’को अवलोकन गर्नु भएको छ ।

सोही क्रममा उनले मरिन क्रप्स वार फाइटिङ लेवोरेटोरीका कमाण्डर केल बी इलिसनसँग छलफल तथा अन्तरक्रिया गर्नू भएको छ ।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले मरिन क्रप्स कमान्ड एन्ड स्टाफ कलेजको अवलोकन गर्नु भयो । उहालेँ कलेजले दिने तालिम लगायत विविध पक्षका बारेमा जानकारी लिनु भएको थियो ।

प्रधानसेनापति शर्मा १२ असारमा अमेरिका पुगेका पुग्नु भएको छ । उहाँ लेबनान र सिरियाको भ्रमण सकेर अमेरिका जानुभएको हो । प्रधानसेनापति शर्माले अमेरिका पुगेकै दिन अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग शिष्टाचार भेटघाट गरेको नेपाली सेनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here