आज सुनचाँदीको भाउ स्थिर सूर्योदय संवाददाता १४ असार २०७९, मंगलवार १३:०१ मा प्रकाशित काठमाडौँ । सुन चाँदीको भाउ आज स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन हिजो जस्तै आज पनि तोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी पनि तोलामा हिजो जस्तै १२ सय ५५ रुपैयाँ छ ।