बुटवल । चट्याङ लागेर रुपन्देहीमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सियारी गाउँपालिका २ का ४५ वर्षीय रामनाथ बरई रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला प्रहरी अनुसार मंगलबार बिहान खेतमा गएका उनको चट्याङ लागेर मृत्यु भएको हो ।
बरईको शवलाई पोष्टमार्टका लागि भैरहवास्थित भीम अस्पतालमा लगिएको हो ।





