अविरल बर्षाका कारण आन्तरिक हवाई उडान प्रभावित


१४ असार २०७९, मंगलवार ०८:२१ मा प्रकाशित

काठमाडौं । अविरल बर्षका कारण देशका विभिन्न ठाउँको हवाई सेवा आज प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज विराटनगर, भैरहवा, सुर्खेत, पोखरा, धनगढी, तुम्लिङटारका उडानहरू प्रभावित भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित प्रणालीबाट मात्रै हवाई उडान भइरहेका छन्।

अहिले देशभर मौसम फैलिरहेको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार नै विशेष बुलेटिन जारी गरी मंगलबारदेखि बिहीबारसम्म भारी वर्षाको सम्भावना रहेकोले सतर्क रहन आग्रह गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here