काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आगामी आर्थीक वर्षका लागि मन्त्रालयका नीति, कार्यक्रम र बजेट कार्यान्वय गर्ने कार्ययोजना स्वीकृत गर्नुभएको छ ।
सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि पहिलो निर्णयका रुपमा उहाँले आर्थिक वर्ष २०७९/८० का लागि निर्धारित लक्ष्य हासिल गर्न अख्तियार गरिएका कार्यक्रमका कार्ययोजना स्वीकृत गर्नुभएको हो । नवनियुक्त मन्त्री कुँवरले यसअघिको नेतृत्वले थालेका सुधारका योजनालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
श्रममन्त्री कुँवर नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्य, सङ्गठन विभागको सदस्यका साथै सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष हुनुहुन्छ ।





