काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले पदभार ग्रहण गर्नुभएको छ ।
सोमबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा सपथग्रहण गरेपछि मन्त्रालयमा पुगेर मन्त्री खापुङले पदभार ग्रहण गर्नुभएको हो । सो क्रममा उहालाई निर्वतमान स्वास्थ्यमन्त्री विरोध खतिवडा र कर्मचारीहरुले मन्त्रालयमा स्वागत गरेका थिए ।
पदभार ग्रहण गर्दै मन्त्री खापुङले आगामी दिनमा जनताको सर्वसुलभ सेवालाई प्रभावकारी बनाउन ध्यान केन्द्रीत गर्ने बताउनुभयो । उहाले कोरोनाकालमा निकै समस्या भएको र महामारीबाट सहजता ल्याउन सफल भएको धारणा राख्नुभयो । स्वास्थ्य क्षेत्रमा जनतालाई दिइने सुविधामा पनि पछिल्लो समय नेपालमा सुधार भएको उहाको भनाई छ ।
मन्त्री खापुङले आगामी दिनमा बिकट स्थानमा सानातिना रोगको उपचार नपाउने अवस्थाको अन्त्य गरिने धारणा राख्नुभयो ।





