काठमाडौं । नेकपा एकीकृत समाजवादीका मन्त्री हेरफेरको विषय जटिल भइरहेका बेला संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले पत्रकार सम्मेलन गर्ने हुनुभएको छ ।
मन्त्री आलेले आइतबार साँझ मन्त्रालयमै पत्रकार सम्मेलन गर्न लागेको उहाँको सचिवालयले जनाएको छ ।
मन्त्री आलेले आइतबार बिहान पार्टी कार्यालय पुगेर अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाउनु भएको थियो ।
त्यसपछि अध्यक्ष नेपालले पार्टी निकट महिला संगठनको कार्यक्रममा केही मन्त्रीको राजीनामा आफ्नो खल्तीमा रहेको भन्दै आवस्यक परे सार्वजनिक गर्ने बताउनु भएको थियो ।
मन्त्री आले निकट स्रोतका अनुसार पत्रकार सम्मेलनमा उहाँले राजीनामाको घोषणा गर्नुका साथै आफ्नो कार्यकालमा मन्त्री भएर गरेका कामहरुका बारेमा समेत जानकारी दिनुहुनेछ ।





