पार्टीभित्र व्यक्तिको मुल्याङ्कनमा वेवास्ता भएपछि बिद्रोह गर्नुपरेका हो : माधव नेपाल


१२ असार २०७९, आईतवार १४:०९ मा प्रकाशित

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीभित्र व्यक्तिको मुल्याङ्कनमा वेवास्ता भएपछि बिद्रोह गर्नुपरेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीको व्यक्तिबादी प्रवृतिबिरुद्ध विद्रोह गर्न निकै गारो भएको समेत बताउनुभयो । विद्रोह गर्ने बेलामा आफ्नो पक्षमा केहि अनुकूलता सिर्जना भएकाले सफल भएको उहाँले बताउनुभयो ।

एमाले र माओवादी मिल्दा पार्टीमा वैचारिक मतभेद नभएपनि त्यसपछि भने ओली दक्षिणवादी भाँसमा भासिन थालेको उहाले स्मरण गर्नुभयो । अध्यक्ष नेपालले अहिले नयाँ पार्टी गठन गरेपछि छोटो समयमा नै लोकप्रिय भएको दावी गर्नुभयो । स्थानीय निर्वाचनमा मतपत्रमा कमजोरी हुँदा अधिकांश स्थानमा पार्टीले हार व्यहोर्नुपरेको उहाँको भनाई छ । आफ्नो पार्टीलाई अबमूल्यन र अपमान गरेपनि गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफुहरु रहेको भन्दै अध्यक्ष नेपालले केही समस्या भए छलफल गरेर अघि बढ्ने बताउनुभयो । उहाँले अहिलेको उपलव्धीलाई सानो ठान्न नहुने बताउनुभयो ।

त्यस्तै अध्यक्ष नेपालले स्थानीय निर्वाचनमा महिलालाई उम्मेदवार बनाउँदा कतिपय ठाउँमा विद्रोह नै गर्नुपरेको जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here