महत्वपूर्ण बिधेयकहरु संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्छ : अग्नि सापकोटा


१२ असार २०७९, आईतवार १४:०३ मा प्रकाशित

काठमाडौँ । सभामुख अग्नि सापकोटाले नागरिकता लगाएतका महत्वपूर्ण बिधेयकहरु संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार संसदीय मामिला पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख सापकोटाले नागरिकता विधेयक अड्किएका कारण धेरै गुनासो आएको भन्दै नागरिकता लगाएतका प्रतिस्थापन विधेयक चालु अधिवेशनबाट पास गर्नुपर्ने बताउनुभएको हो । उहाँले गुणस्तरीय कानुन बनाउनु मुख्य दायित्व भएको र देशको सुशासन कायम गर्ने कानुन निर्माण गर्ने बाहेक कुनै स्वार्थ नरहेको धारणा राख्नुभयो ।

भ्रष्टचार भनेको कुनै बजेट र आर्थिकसंग मात्रै सम्बन्धीत कुरा मात्रै नभएको भन्दै उहाले सुशासन कायम गर्दै सवै क्षेत्रमा हुने भ्रष्टचार नियन्त्रण गर्नुपर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा सभामुख सापकोटाले संसदीय समिति अभ्यास, पहिलो संसददेखि संघीय संसदसम्म पुस्तक बिमोचन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here