झापाका कुन-कुन स्थानीय तहले कति-कति रकम बराबरको बजेट ल्याए ?


११ असार २०७९, शनिबार ०७:२३ मा प्रकाशित

झापा । पूर्वी तराईको जिल्ला झापाका पालिकाहरूले शुक्रबार रातिसम्ममा आर्थिक बर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गरेका छन्।

नगर तथा गाउँसभामा झापाका पालिकाहरूले आगामी आर्थिक बर्षका लागि अनुमानित आय/व्यय सार्वजनिक गरेका हुन्।

झापाको मेचीनगरपालिकाले १ अर्ब ३२ करोड ३३ लाख ४ सय १६ रूपैयाँ बराबरको बजेट शुक्रबार सार्वजनिक गरेको छ। त्यस्तै अर्जुनधारा नगरपालिकाले ७४ करोड १५ लाख ३ हजार २ सय ३० रूपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गर्यो। भद्रपुर नगरपालिकाले बिहीबार नै ९१ करोड ३४ लाख २३ हजार रूपैयाँ सार्वजनिक गरिसकेको छ।

विर्तामोड नगरपालिका १ अर्ब ३८ करोड ३५ लाख ४६ हजार ४ सय ९० रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। कन्काई नगरपालिकाको बजेट ७३ करोड ८५ लाख ६१ हजार ४ सय २० रूपैयाँ रहेको छ।

दमक नगरपालिका १ अर्ब ६३ करोड ४० हजार ४ सय ४४ रूपैयाँ बराबरको बजेट सार्वजनिक गर्यो। जुन झापाका पालिकामध्ये सबभन्दा बढी बजेट सार्वजनिक गर्ने पालिका हो।

कचनकवल गाउँपालिकाले ५३ करोड ८३ लाख ४४ हजार रूपैयाँ, झापा गाउँपालिकाले ५० करोड ८१ लाख ५३ हजार ५ सय रूपैयाँ, कमल गाउँपालिका ७१ करोड १२ लाख ३३ हजार रूपैयाँ तथा गौरीगञ्ज गाउँपालिका ४७ करोड २८ लाख ८९ हजार ३ सय ७० रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्।

हल्दीबारी गाउँपालिकाले ४६ करोड ४३ लाख ४४ हजार ६ सय ७० रुपैयाँ बराबरको अनुमानित आय/व्यय प्रस्तुत गरेको छ भने बाह्रदशी गाउँपालिका र शिवसताक्षी नगरपालिकाले बजेट रकम सार्वजनिक गरेका छैनन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here