काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तय गर्न सरकारलाई एक वा दुई चरणमा निर्वाचन गर्न दुवै विकल्प दिएको छ।
आयोगले एकै चरणमा गर्ने हो भने कात्तिक अन्तिमको मिति प्रस्ताव गरेको छ भने दुई चरणमा गर्दा कात्तिक अन्तिम र मंसिर पहिलो हप्ताको प्रस्ताव गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।
काठमाडौं महानगरपालिकाको शुक्रबार बसेको नगरसभा बैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले आयोगले निर्वाचनका लागि दुवै विकल्प प्रस्ताव गर्नुभयो ।
उहाँका अनुसार एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने हो भने ३० कात्तिक र दुई चरणमा गर्ने हो भने २९ कात्तिक र ३ मंसिरको मिति आयोगले सरकारसमक्ष प्रस्ताव गरेको छ।
स्थानीय तहको निर्वाच गत वैशाखमा सम्पन्न गरेको सरकारले अब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउँदो मंसिरभित्र सम्पन्न गर्नुपर्नेछ।





