पेट्रालियम पदार्थको मूल्यबृद्धिको बिरोधमा अनेरास्वीयुद्धारा काठमाडौंमा बिरोध प्रदर्शन


७ असार २०७९, मंगलवार १८:१० मा प्रकाशित

काठमाडौँ । पेट्रालियम पदार्थको मूल्यबृद्धिको बिरोधमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्वीयुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् ।

काठमाडौंको शंकरदेव क्याम्पस अघि भएको प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री र अर्थमन्त्रीको पुत्ला दहन गरेका थिए । मूल्यबृद्धिका कारण जनताको दैनिक जनजिवन नै प्रभावित भएकाले सरकारले तत्काल मूल्यबृद्धि फिर्ता दिनुपर्ने उनीहरुले भनाई छ ।

पेट्रालियम पदार्थको मूल्यबृद्धि फिर्ता नभए आन्दोलन चर्काउने चेतावनी उनीहरुले दिएका छन् । प्रर्दशनका क्रममा केहिबेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here