बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने


७ असार २०७९, मंगलवार १६:०४ मा प्रकाशित

काठमाडौँ । वायुसेवा सञ्चालक संघले हवाईसेवा शुल्क बृद्धि लगाएतका माग राख्दै बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने जनाएका छन् ।

संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालै वृद्धि गरेका सेवा शुल्कको वृद्धि फिर्ता गर्नुपर्ने, उपत्यका बाहिर बेस भएका हवाई जहाज र हेलिकोप्टरलाई काठमाडौंबाट उडान गर्न नदिने निर्णय फिर्ता हुनुपर्ने लगाएतका ५ बुँदे माग राख्दै बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने जनाएका हुन् ।

उपत्यका बाहिर बेस भएका हवाई जहाज र हेलिकोप्टरलाई काठमाडौंबाट उडान गर्न बन्द गरेकाले बिरोधमा उत्रनुपरेको संघका अध्यक्ष रामेश्वर थापाले जानकारी दिनुभयो । अत्यावश्यक सेवा बन्द गर्ने मनसाय नभएपनि सरकारी निर्णयले बाध्यात्मक अवस्था सिर्जना भएको उहाको भनाई छ । उहाँले त्रिभुवन बिमानस्थलमा हेलिकप्टर संचालनका लागि दिर्घकालिन हेलिप्याड, मर्मर संभारका लागि ह्याङ्गर लगाएतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलव्ध गराउनुपर्ने बताउनुभयो ।

सरकारले विभिन्न कम्पनीका ५० भन्दा बढि जहाज र हेलिकप्टरहरूले राती काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने बाध्यात्मकारी निर्णय गरेको संघले जनाएको छ । सरकारले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले काठमाडौं बाहिरका विमानस्थलमा पार्किङका लागि आधार तोक्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here