दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची


७ असार २०७९, मंगलवार ०७:४४ मा प्रकाशित
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यस्तै, खाणले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले ‘बिरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नु हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here