मतदाता नामावली सङ्कलन आजदेखि सुरु


१ असार २०७९, बुधबार १०:४७ मा प्रकाशित

काठमाण्डौ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले आजदेखि मतदाता नामावली सङ्कलन सुरु गर्दैछ । आयोगले योग्यता पुगेका सबै नेपाली नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ ।

आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मिति केही दिनमै घोषणा हुने सम्भावना रहेकाले त्यसअघि नै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन आग्रह गरेको हो ।

पेसा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले आफ्नो स्थायी ठेगानामा रहने गरी अहिले अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गइ मतदाता नामावली दर्ता गर्नसक्ने पनि जानकारी दिनुभयो ।

मतदाता नामावली सङ्कलनको क्रममा नामावलीमा रहेको त्रुटि सच्याउन र संशोधन गर्न पनि सकिने आयोगले बताएको छ । मतदाता नामावली विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न तथा दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here