मोरङ । मोरङको बिराटनगर महानगरपालिका १४ रानी बिराटनगर सडक खण्डमा इलभतभकत दगििभत मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
आज बिहान साढे ८ बजे बिराटनगरतर्फ जाँदै गरेको सो मोटरसाईकलले सोही दिशातर्फ जाँदै गरेका पैदलयात्री स्थानीय ६० बर्षीय मजेबुल मियालाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका मियालाई बिराटनगर स्थित न्युरो अस्पताल लगिएकोमा उपाचारको क्रममा मृत्यु भएको हो भने मोटरसाईकल र चालक भारत मझपुरका ५९ बर्षीय बिन्देश्वर रामलाइ ईलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।





