काठमाडौं । सिसडोलका स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका छन्।
सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच हिजो भएको सहमति नमान्ने भन्दै स्थानीयले फोहोर फाल्न रोकेका हुन्।
शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो।
तर आज बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमै रोकेका थिए।
उनीहरुले उक्त सहमति नमान्ने भन्दै फोहोर बिसर्जन गर्न नदिएको र आफूहरु फर्किएको फोहोर विसर्जन गर्न गर्न गाडीमा एका महानगरका एक कर्मचारीले जनाकारी दिए।
गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन।





