क्षेत्रीय आवश्यकता पूरा गर्न बिमस्टेक राष्ट्रबीच सहकार्य हुनु पर्नेमा प्रधानमन्त्री देउवाको जोड


२३ जेष्ठ २०७९, सोमबार १४:४४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले क्षेत्रीय समस्या समाधान र आर्थिक साझेदारी वृद्धि गर्नका लागि बिमस्टेक सदस्य राष्ट्रबीच एकता र सहकार्य जरुरी पर्ने बताउनु भयो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक को २५औं वार्षिक उत्सवको अवसरमा नेपालका तर्फबाट शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले विकास र समृद्धिको क्षेत्रीय महत्वाकांक्षालाई सबैले आत्मसाथ गर्नुपर्ने बताउनु भयो ।

देउवाले कोरोना महामारी संकटका कारण उत्पन्न गरिबी, बेरोजगारी, बढ्दो असमानता र जलवायु परिवर्तन सम्बन्धी समस्या बढेको भन्दै समाधानका लागि संयुक्त पहल गर्नुपर्ने बताउनु भयो ।

संगठनको पाँचौं शिखर सम्मेलनसम्म आइपुग्दा दक्षिण एसिया र दक्षिणपूर्वी एसिया क्षेत्रका मुलुकबीच पुराना संस्कृति र सभ्यतालाई एकअर्कामा परिचित गराउने तथा पुनर्जीवित गराउनमा मद्दत गरेको उनको भनाइ छ ।

बिमस्टेक राष्ट्रका नागरिक तहको सम्बन्धलाई नयाँ उचाइमा पुर्या उन थप पहल गर्नुपर्ने प्रधानमन्त्री देउवाले जारी गरेको सन्देशमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here