काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाहीको सिफारिस गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाले भूसाललाई पार्टी विधान बमोजिम कारवाही गर्न सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडालले बताउनु भयो ।
पार्टी हितविपरीत काम गरेकाले भूसाललाई कारबाही सिफारिस गरिएको बडालले बताउनु भयो।
स्थानीय चुनाव पछि भूसालले एक अन्तर्वार्ता मार्फत् अध्यक्ष ओलीको आलोचना गर्नु भएको थियो।
उहाँमाथि के कारबाही हुन्छ भन्नेबारे केही खुलाइएको छैन।





