सहयोगी मनहरु नेपालद्वारा बोनम्यारो क्यान्सरबाट पिडित नवीन फुयाँललाई आर्थिक सहयोग प्रदान


२१ जेष्ठ २०७९, शनिबार २०:०२ मा प्रकाशित

 भरत प्रसाई । झापाको मेचीनगर नगरपालिका वडानम्बर ८ निवासी बोनम्यारो क्यान्सरबाट पिडित नवीन फुयाँललाई उपचारका लागि सहयोगी मनहरु नेपालले रकम सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष भिमप्रसाद आर्चाय र वडानम्बर ७ का वडाअध्यक्ष प्रलावमणि ओलीले शनिबार सयुक्तरुपमा ९२ हजार २ सय ५३ रुपैयाँ नगद राशीको चेक विरामीकी आमा सुमित्रा फुयाँललार्ई हस्तान्तरण गर्नु भयो ।

आर्थिक अवस्था कमजोर रहेकाकारणले छोरालाई बचाउन मुस्किल परीरहेको अवस्थामा सहयोगी मनहरु नेपालले गरेको सहयोगले राहत मिलेको पीडित परिवारको भनाई छ । मेचीनगर नगरपालिका वडानम्बर ७ का वडाअध्यक्ष प्रलावमणि ओलीले विरामीको उपचारका लागि आफनो तर्फबाट हुने सम्पुर्ण सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा संस्थाका महासचिव बिष्णु उप्रेतीले संस्थाको भावी कार्य योजनाका बिषयमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा सस्थाका लेखा संयोजक पुष्षराज भट्राईले सामाजिक सञ्जालबाट देश विदेशमा रहेका नेपालीहरुले संकलन गरेर पठाउनु भएको रकम पारदर्शी रुपमा सम्बन्धित पक्षमा पुग्ने भएकोले खर्च र संकलित रकमको सवालमा कुनै सङ्का नर्गन आग्रह गर्नु भयो ।

यस्तै मेचीनगर नगरपालिका वडा नम्बर ८ का स्थानिय उदयकमार भण्डारीले यो अभियानको संयोजन गर्र्र्दै सहयोगी मनहरु नेपाल नामक संस्थालाई साथमा लिएर नवीन फुयाँल बचाउ अभियानमा जुटेको बताउनु भयो । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाको सचिव सोभा गौतम कोषाध्यक्ष सन्ध्या खनाल, सदस्य सुजता गुरुङ्ग थापा मगर लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here