काठमाडौं । विश्व साइकल तथा वातावरण दिवसको अवसरमा काठमाडौँमा विशेष साइक्लिङ भेलाको आयोजना गरिएको छ ।
विभिन्न साइकल समूह, संघसंस्था तथा समुदायको सहकार्यमा आयोजित साइकल विश्व साइकल तथा वातावरण दिवसको अवसरमा काठमाडौँमा साइकल र्याली पाटन दरबार स्क्वायरबाट सुरु भई पुलचोक हुँदै थापाथली, त्रिपुरेश्वर, हुँदै दरबारमार्गमा पुगेर भेलामा परिणत भएको थियो ।
नेपालमा अत्यधिक निजी सवारी साधन, इन्धनको खपत, धुवाँधुलो, प्रदुषण, व्यापार घाटा बढ्दै भएको अवस्थामा साईकलको प्रयोगमा प्रोत्साहन गर्न र्यालीको आयोजना गरिएको हो ।
र्याली पछि आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हप्ताको एक दिन काठमाडौंमा साइकल डे मनाउने र काठमाडौंमा साइकल लेन बनाउने बिषयमा अध्ययन र छलफल अघि बढाउने बताउनुभयो । उहाले साइकल लेन भएको खण्डमा मात्र सुरक्षित यात्रा हुनसक्ने उहाको भनाई छ ।
त्यस्तै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरमा ३२ दशमलव ५ किमि साइकललेन बनाइसकेको अवस्थामा यसलाई थप प्रभावकारी बनाउने जानकारी दिनुभयो । उहाले ललितपुरभित्र पर्ने चक्रपथमा समेत साइकल लेन बनाउने काम छिटै सुरु हुने बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले साइकल चढौँ स्वस्थ रहौँ लेखिएका पम्प्लेट प्रदर्शन गरेका थिए ।





