खोलामा डुबेर एक जनाको मृत्यु


२१ जेष्ठ २०७९, शनिबार १५:०१ मा प्रकाशित

मोरङ । मोरङको कटहरी गाउँपालिका ७ स्थित लोहन्द्रा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

हिजो बेलुकी ५ बजे लोहन्द्रा खोलामा बालुवा निकाल्न गएका स्थानिय ३९ बर्षीय जोगलाल सरदारको पानीमा डुबेर मृत्यु भएको हो ।

पानीमा डुवी बेहोस अवस्थामा आफन्तले फेला पारेका सरदारको उपचारको लागि अस्पताल लैजाने तयारी गर्दा घरमा नै मृत्यु भएको हो ।

घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here