यूएईसँग निरीह नेपाल : ८ रनमा अलआउट, १० विकेटले पराजित


२१ जेष्ठ २०७९, शनिबार १३:०९ मा प्रकाशित

काठमाडौं । आईसीसी यू–१९ टी–२० विश्वकप एसिया छनोटमा नेपाल यूएईसँग १० विकेटले पराजित भएको छ ।

नेपालको ब्याटिङ कमजोर बन्दा ८ रनमै अलआउट भएको थियो । ९ रनको लक्ष्य यूएईले १.१ ओभर खेल्दै विना विकेट पूरा ग¥यो ।

यूएईका तीर्थ सतिस ४ र लाभन्य केनी ३ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले जम्मा ८ रन जोडेको थियो । नेपाकी स्नेहा महराले ३ रन बनाइन् । यो नै व्यक्तिगत उच्च रन रह्यो । कप्तान कृतिका मरासिनीसहित ६ खेलाडीले खातासमेत खोल्न सकेनन् ।

यूएईका लागि माहिका गौरले घातक बलिङ गर्दै ४ ओभरमा २ मेडन राखेर मात्र २ रन खर्चँदै सर्वाधिक ५ विकेट लिइन् । यस्तै इन्धुजा नन्दकुमारले ३ विकेट लिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here