काठमाडौं । महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह बालेनले पहिलो नगरकार्यपालिका बैठकबाट सार्वजनिक सरोकार विषयमा केही निर्णय गर्नु भएको छ ।
फोहोरमैला व्यवस्थापन गर्ने, होटेल रेस्टुँराका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोगमा ल्याउने, महानगरको गुनासो लिन कल सेन्टर खडा गर्ने, इन्फ्राइस्ट्रक्चरको रुपमा विभिन्न काम गर्न एम्बुलेन्सले तत्काल सेवा दिनेगरी सञ्चालनमा ल्याइने बैठकले निर्णय गरेको छ । सोही क्रममा मेयर बालेनले सिसडोलबासीलाई धन्यवाद दिनु भएको छ ।
काठमाडौंमा उत्पादन भएको फोहोर ७५ प्रतिशत मलमा कन्भर्ट गर्न सकिने उहाँको भनाई रहेको छ ।
महानगरको गुनासो लिन ३२ वडाको ३२ वटा डाटा बेस गुनासाहरु सुन्ने कल सेन्टर सञ्चालनमा ल्याउने बैठकले निर्णय गरेको छ ।
इन्फ्राइस्ट्रक्चरको रुपमा एम्बुलेन्सले तुरुन्तै महानगरभित्रका समस्या समाधान गर्ने गरी सुरुआत गरिने निर्णय गरेकोे नगरकार्यपालिका जनाएको छ ।





