भाउजूलाई पेट्रोल छर्केर आगो लगाउने देवर पक्राउ


१६ जेष्ठ २०७९, सोमबार १८:५६ मा प्रकाशित

सप्तरी । भाउजूलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका देवर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साईन नगरपालिका १ धनगढीका २५ वर्षीय परमेश्वर साह छन्   ।
उनले दाजु रविन साहकी २७ वर्षीया श्रीमती राजकुमारी साहलाई २१ माघ २०७८ मा घरमा खाना पकाईरहेको अवस्थामा जिउभरी पेट्रोल छर्की आगो लगाएका थिए।

उपचारको क्रममा भाउजू राजकुमारीको मृत्यु भएको थियो ।

भाउजूको मृत्युपश्चात् राजन फरार रहँदै आएका थिए। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बोदे बर्साईनबाट खटिएका वरिष्ठ प्रहरी नायब निरीक्षक सुरेश पालक‍ो नेतृत्वको टोलीले पक्राउ गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here