समाजवादको लक्ष्यमा पुग्नेगरि बजेटको कार्यान्वयन गर्नुपर्ने एकीकृत समाजवादीको निष्कर्ष


१६ जेष्ठ २०७९, सोमबार १६:१५ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीले समाजवादको लक्ष्यमा पुग्नेगरि बजेटको कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सिंहदरबारमा सोमबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले बजेटमा कतिपय राम्रा कुरा आएको भन्दै समाजवादको लक्ष्यमा पुग्नेगरि बजेटको कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको समाजवादीका सम्मानीत नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

उहाले बजेटमा देखिएका कमीकमजोरीलाई हटाएर समृद्ध बनाउनुपर्ने निष्कर्ष रहेको बताउनुभयो ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९ ÷०८० का लागि बजेट सार्वजनिक गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here