२८ जना वडाध्यक्ष पदका उम्मेद्वारले सय मत पनि प्राप्त गर्न सकेनन् : मेचीनगर


१६ जेष्ठ २०७९, सोमबार १२:३० मा प्रकाशित

मेचीनगर । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा झापाको मेचीनगर नगरपालिकामा २८ जना वडाध्यक्ष पदका उम्मेद्वारले सय मत पनि प्राप्त गर्न सकेनन् ।

कुल १५ वटा वडा रहेको मेचीनगरमा वडाध्यक्षका पदलागि विभिन्न राजनीतिक दलका र स्वतन्त्रगरी कुल ७८ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका थिए । निर्वाचन अधिकृतको कार्यालय मेचीनगरका अनुसार कुल एघारवटा वडामा नेकपा एमाले र वडानम्बर तीनवटा वडामा गठबन्धनकातर्फबाट नेपाली काँग्रेसका तथा एउटा वडामा गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन् ।

त्यही प्रतिस्पर्धामा उत्रिएका २८ जना उम्मेद्वारले एकसय मत समेत प्राप्त गर्न नसकेको कार्यालयको अभिलेखले प्रष्ट पार्दछ । मेचीनगरमा वडाध्यक्ष पदमा सवैभन्दा कम मंगोल नेश्नल अर्गनाइजेसन कुखुराको भाले चुनाव चिन्हका वडानम्बर १४ मा वडाध्यक्ष पदका उम्म्ेमद्वारले ३ मत प्राप्त गर्दा नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका मेचीनगरमा वडानम्बर —१५ मा कलम चुनाव चिन्हका उम्मेद्वारले ५ मतमा चित्त बुझाउनु पर्यो । यसैगरी, सोहि पार्टीका वडानम्बर—७ मा वडाध्यक्ष पदका उम्मेद्वारले ७२, वडानम्बर—८ मा २५ वडानम्बर —१० मा १० मत प्राप्त गरेको बताइएको छ ।

दापसहितको खुकुरी चुनाव चिन्हमा वडानम्बर—१ मा वडाध्यक्ष पदका उम्मेद्वारले ७ मत प्राप्त गर्दा सोहि चिन्हका वडानम्बर— २ का वडाध्यक्ष पदका उम्मेद्वारले २३ वडानम्बर— ६ का उम्मेद्वारले ३० वडानम्बर—७ का उम्म्ेद्वारले ११ र वडानम्बर—१५ का उम्मेद्वारले १५ मत प्राप्त गरेको कार्यालयले उपलब्ध गराएको अभिलेखमा उल्ल्ेख छ ।

वडानम्बर—२ मा नेकपा एमालेका बागी तथा निवर्तमान वडाध्यक्ष हाँस चुनाव चिन्हका उम्मेद्वार तीलक न्यौपानेले ५ सय ६७ मत प्राप्त गर्दा वडानम्बर—७ मा नेकपा एमालेका बागी तथा निवर्तमान कार्यवहाक वडाध्यक्ष तथा चुनाव चिन्ह खानेपानीको धाराका उम्मेद्वार नेत्रप्रसाद दाहालले २ सय १२ मत प्राप्त गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी हलो चुनाव चिन्हका उम्मेद्वारले वडानम्बर ३, ४ र १३ मा क्रमस ४८, ४१, र ७३ मत प्राप्त गरेका छन् । मंगोल नेश्नल अर्गनाइजेसन कुखुराको भाले चुनाव चिन्हका वडाध्यक्ष पदका उम्म्ेमद्वारले वडानम्बर १, ४, ५, ६, ९, १०, ११ र १२ मा क्रमस ७२, ७८, २१, ३२, ७५, ४६, १३ र ७ मत प्राप्त गरेको कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । यसैगरी खानेपानीको धारा चुनाव चिन्हका वडाध्यक्ष पदका उम्मेद्वारले वडानम्बर १० मा १३ र वडानम्बर १५ मा ६ मत प्राप्त गरेको उल्लेख छ । जेब्रा चुनाव चिन्हका उम्मेद्वारले वडानम्बर १० मा ७३ मत प्राप्त गरे ।

आफ्नो पार्टीको सामान्य जनमतको भेउ समेत नपाई चुनावी मैदानमा हुमिएका धेरै उम्मेद्वारीको यस्तो परिणाम आउने राजनीतिक विश्लेषकहरुको भनाई छ । आवेग र उत्तेजनाका भरमा निर्वाचनमा होमिनु नहुने राजनीतिक विश्लेषक रामनाथ काफ्लेको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here