उद्धार टोली घटना स्थलमा पुग्यो, उद्धार कार्य जारी


१६ जेष्ठ २०७९, सोमबार १२:०८ मा प्रकाशित

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको विमानमा सवारको शव संकलन सुरु भएको छ ।

नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ताले उद्धार टोली घटना स्थलमा पुगेको र उद्धार कार्य जारी रहेको जनाकारी दिए । उद्धार टोली घटनास्थलमा पुगेको छ, एकदमै भिरालो भएकोले शव यत्रतत्र छरिएकाले शव संकलन कार्य भइरहेको छ ।

विमानमा आगो नलागेको हुनाले कोहि जिवितै हुनसक्ने आशंका रहेको छ । ​यस्तै नेपाली सेनाका प्रवक्ताका अनुसार विमान मुस्ताङको थासाङ गाउँपालिकामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको र घटनास्थलमा सेनाको उद्धार टोली पुगेको र अब नागरिक उड्यन प्राधिकरणले यसको सबै को–अर्डिनेशन गरिरहेको जनाईएको छ ।
घटनास्थल पुगेका स्थानीयले शव क्षतविक्षत अवस्थामा रहेको र बताए । विमानमा आगो लागेको छैन । हामी शव संकलन गरिरहेका छौँ । १०–१२ वटा शव खोँचमा देखिएका छन् । तर निकाल्न सकेका छैनौँ ।

यस्तै थासाङ गाउँपालिकाका अध्यक्षका अनुसार विमान दुर्घटना भएको ठाउँमा पुगेको र उद्धारकार्य शुरु गरीएको छ । आइतबार बिहानदेखि हराएको विमान नेपाली सेनासहितको उद्धार टोलीले नभेटेपछि खोजी स्थगित गरेको थियो । आज विहान यार्सागुम्बा टिप्न गएको टोलीले दुर्घटना स्थल भेटेर फोटो सार्वजनिक भएको थियो ।
त्यसपछि नेपाली सेना सहितको उद्धार टोली घटनास्थल नजिक पुगेको हो ।

हिजो विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको विमान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन भएको थियो । नाइन एन ए इटी कलसाइनको जहाजमा चार भारतीयसहित ६ विदेशी र १३ नेपाली यात्रु रहेको तारा एयरले जनाएको छ । जसमा धनुषाको मिथिला नगरपालिका–११ लोटागाउँका एकै परिवारका ७ जना रहेका छन् ।

यस्तै गोरखाको शहीद लखन गाउँपालिका–५ को तिनपानेका ४ जना एकै परिवारका रहेका छन् । यस्तै विमानमा अर्का जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए भने को पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा रहेको तारा एयरले जनाएको छ । विमानमा अर्का पाइलट वसन्त लामा पनि विमानमा रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here