सवारी चालक अनुमति पत्र आवेदन नयाँ प्रणालीमा, यस अघिका सबै आवेदन रद्द (सूचनासहित)


१६ जेष्ठ २०७९, सोमबार ११:५० मा प्रकाशित

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन प्रणाली आज साँझदेखि सुरू गरिने भएको छ । यस अघि दिइएका अनलाइन आवदेन आजैबाट रद्द गरिने यातायात व्यवस्था विभागले जनाएको छ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै आज साँझ ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरू गर्न लागिएको जानकारी गराएको हो ।

नयाँ लाइसेन्स तथा वर्ग थपका लागि हालसम्म परेका अनलाइन आवेदनहरू भने आजैदेखि रद्द गरिने सूचनामा जनाइएको छ ।

विभागका अनुसार वर्ग थप गराउन चाहने सेवाग्राहीका लागि भने अर्को हप्ताको सोमबारबाट आवेदन खोलिने छ ।

विभागको सूचनाः 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here