बृद्धभत्ता लिने उमेर ६८ वर्ष कायम गरेकोमा पूर्व प्रधानमन्त्री भट्टराईको असन्तुष्टि


१६ जेष्ठ २०७९, सोमबार ०५:४० मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बृद्धभत्ता नलिने घोषणा गर्नुभएको छ ।

आइतबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले बृद्धभत्ता लिने उमेर ६८ वर्ष कायम गरेकोमा असन्तुष्टि जनाउँदै बृद्धभत्ता लिएर जनतामा ऋण थप्न आफू सहमत हुन नसक्ने बताउनुभयो ।

सरकारले बृद्धभत्ता नलिनेलाई सम्मान गर्ने बजेटमा घोषणा गरेको थियो । त्यस्तै उहाले सरकारले प्रस्तुत गरेको बजेट मध्यमस्तरको भएको भन्दै बजेटलाई ५ नम्बर दिने बताउनुभयो ।

त्यस्तै उहाले बजे आर्थिक विकासको प्रस्थान विन्दु बन्न सक्ने जस्तो नलागेको जिकिर गर्नुभयो । वैज्ञानिक भूमिसुधार कार्यक्रम नआएकाले परिणात्मक फड्को मार्न नसकिने उहाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here