सुनसरीका सात पालिकामा निषेधाज्ञा


२९ बैशाख २०७९, बिहीबार १९:१३ मा प्रकाशित

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका सात पालिकामा निषेधाज्ञा जारी गरेको छ।

प्रशासनले इटहरी उपमहानगरपालिका, दुहवी नगरपालिका र इनरुवा नगरपालिकाका केही वडा र भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिकाका सम्पूर्ण वडामा निषेधाज्ञा लागू भएको जानकारी दिएको छ।

सुनसरीका विभिन्न ठाउँमा आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म निषेधाज्ञा लागू गर्ने जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ। भोलि हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरे आज रातिदेखि निर्वाचनको

संवेदनशिलतालाई तथा निर्वाचन आचारसंहितालाई मध्यनजर निषेधाज्ञा लागू गरिएको प्रशासनले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार इटहरी उपमहानगरपालिका ३ सहित भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण वडाहरुमा निषेधाज्ञा लागू हुने प्रशासनले जानकारी दिएको छ। यस्तै, इनरुवा नगरपालिकाको वडा नम्बर ३, ९ र १० र दुहवी नगरपालिकाको वडा नम्बर १, ८ र ९ मा यो निषेधाज्ञा लागू हुने जनाइएको छ।

निषेधाज्ञाको समयमा यी ठाउँमा व्यक्तिगत तथा सामूहिक रुपमा बाहिर निस्कँदा सुरक्षा निकायसँगको सम्वन्वय गरेर मात्रै निस्कन विज्ञप्तिमा भनिएको छ। निषेधाज्ञा प्रतिकूल हुने गतिविधि प्रतिकूल क्रियाकलाप गरेमा स्थानीय प्रशासन ऐनअनुसार कारबाही गर्ने प्रशासनले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here