चुनावी तालमेलका लागि सत्ता गठबन्धनको बैठक बस्दै


१७ चैत्र २०७८, बिहीबार ०६:५५ मा प्रकाशित

काठमाडौं । चुनावी तालमेल बनाउनका लागि सत्ता गठबन्धनको बैठक बिहीबार बिहान बस्ने भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा चुनावी तालमेलको मोडालिटीका विषयमा छलफल हुने जनाइएको छ।

कांग्रेसले मंगलबार केन्द्रीय कमिटीबाट स्थानीय निर्वाचनमा आवश्यकताअनुसार चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ। कांग्रेसको यो निर्णयसँगै पहिलोपटक सत्ता गठबन्धनको बैठक बस्न लागेको हो।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरू तालमेल गरेर उम्मेदवार उठाउने तयारीमा छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक्लै चुनाव लड्ने बताउँदै आएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here