झापा, चैत ५ । आगामी स्थानीय तहको निर्वाचनमा महिलाको नेतृत्व प्रमुख हुनुपर्ने माग राख्दै विर्तामोड नगरपालिकाका १९ जना महिला जनप्रतिनिधीहरुले विभिन्न राजनीतिक दललाई ज्ञापन पत्र बुझाएका छन् ।
शनिबार झापाको विर्तामोडमा आयोजित शी लिड्स–मध्यवर्ती प्रशिक्षक कार्यक्रममा संवृद्धी नेपाल निर्माणको लागि स्थानीय निर्वाचनमा प्रमुख पदमा महिला प्रतिनिधित्व सुनिश्चित गरौं भन्ने नाराका साथ विभिन्न राजनीतिक दललाई ज्ञापन पत्र बुझाएका हुन् । विर्तामोड नगरपालिकाको १० वटाको वडाका वडा सदस्य र कार्यपालिका सदस्य गरी १९ जना महिलाहरुले नेपाली कांग्रेसका नगर सभापति भोजराज सिटौला, नेकपा एमाले नगर अध्यक्ष सुवास भट्टराई, नेकपा माओवादी केन्द्रका अध्यक्ष मोहन सुब्बा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नगर अध्यक्ष रन्जु प्याकुरेल र जनता समाजबादी पार्टी उपाध्यक्ष हरि नारायण चौधरीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र ग्रहण गर्दै नगरका नेताहरुले महिलाको नेतृत्व स्थानीय स्तरमा प्रमुख हुने प्रतिवद्धता जनाएका थिए । सेन्टल फर दलित हुमन नेपालको आयोजना, इन्टरनेशनल फाउण्डेसन फर इलेक्ट्रोरल स्ष्टिमसको प्राविधिक सहयोग तथा स्वीस सरकार विकास सहयोग एसडीसी र अष्ट्रेलियन एडको आर्थिक सहयोगमा कार्यक्रमको आयोजना गरीएको हो । प्रदेश नम्बर १ झापा, मोरङ, सुनसरी, खोटाङ र ओखलढुङ्गा गरी पाँचबटा जिल्लामा महिला नेतृत्वमा क्षमता विकास गर्ने कार्यक्रमको आयोजना गरीएको आयोजकले जनाएको छ ।
चैत ५ र ६ गते सम्म गरीने तालिमलाई सोमराज ढकाल र नविना सापकोटाले प्रशिक्षण दिनु भएको थियो भने शी–लिड्स परियोजना झापा संयोजक सम्झना पोखरेलको संयोजनमा भएको थियो ।





