झापा, चैत ५ । १८ महिने नाबालिकाको बलात्कार पछि हत्या गरिएको घटनाको अभियुक्तलाई सजायको माग गर्दै मेची महाकाली बुहारी संयुक्त आवाज समुहले विरोध प्रदर्शन गरेको छ ।
गत फागुन २७ गते मोरङको सुन्दरहरैचा नगरपालिका –७ गणेशपुरस्थित १८ महिने नाबालिकाको बलात्कारपछि हत्या भएको थियो । सो घटनाको आरोपितलाई फाँसीको माग गर्दै मेची महाकाली बुहारी समुहले शनिबार झापाको विर्तामोडमा शान्तीपूर्ण र्याली आयोजना गरेको हो ।
विर्तामोडको दुर्गा मन्दिरबाट शुरु भएको र्याली अदुवा खोला सम्म पुगेर मुक्ति चोकमा आएर कोणसभामा परिणत भएको थियो । पर्दशनका क्रममा उनिहरुले महिला हिंसा बन्द गर, बलात्कारी खुलेआम बलत्कृत गुमनाम, उठ नारी उति भो सहि बस्दा क्षति भयो, नारी सामान होइन सम्मान हो, हत्यारालाई फाँसी देउ लगायतका नारा लगाएका थिए । विरोध प्रदर्शनमा मेची महाकाली बुहारी समुह झापा जिल्ला उपाध्यक्ष गंगा भट्टराईले बलात्कारीलाई फाँसी नारा मात्र सिमित नगरी कानुन संशोधन गर्नुपर्ने जिकिर गर्नु भयो ।
प्रहरीले हत्या आरोपित दुई अभियुक्तलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरी रहेको जनाएको छ ।





