झापा, चैत ३ । वडा स्तरीय टोल समितिको लागि एक दिवसीय अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सुरु भएको छ । नगर स्वास्थ्य शाखाको आयोजनामा बिहीबार देखि कोभिड सचेतना कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम शुरु भएको हो ।
मंगलबार नगरपालिकाको हलमा वडा नम्बर ६ र वडा नम्बर ७ को जेष्ठ नागरिक हलमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरीएको थियो । टोल समितिका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । वडा नम्बर ६ को अभिमुखिकरण कार्यक्रममा वडाध्यक्ष सुर्यप्रसाद कन्दङ्गवा,वडा सदस्य एनविन्द्र खत्री,पर्शुराम खनाल,पवित्रा कोइराला ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।
यस्तै वडा नम्बर ७ को अभिमुखिकरण कार्यक्रममा कार्यवहाक वडाध्यक्ष चन्द्रकला पकुवाल,वडा सदस्य प्रेम थापा,कुमारी सार्की,सुर्य लाओती,सडा सचिव प्रविन पौडेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरे र बिर्तामोड नगरपालिकाका जनस्वास्थ्य निरिक्षक ओम खड्काले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण कार्यक्रमा कोरोना महामारीले अहिलेसम्ममा पारेको प्रभाव,अव गर्नु पर्ने काम र कर्तव्य, कोरोना खोप, कोभिडका भेरीयन्ट तथा यसबाट अपनाउनु पर्ने सतर्कताका बारेमा सचेत गराइएको थियो । बिर्तामोडका सबै वडामा यस प्रकारको सचेतना कार्यक्रमको आयोजना गरीएको जनस्वास्थ्य निरिक्षक खड्काले जानकारी दिनु भयो ।





