यू–१९ महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्ग्लादेश खेल्दै


३ चैत्र २०७८, बिहीबार १२:५० मा प्रकाशित

काठमाडौ चैत १८ । वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्ग्लादेश खेल्दैछन्।

भारतको जमसेदपुरमा नेपाल र बङ्ग्लादेशबीचको खेल बेलुका सवा ७ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७–० गोलले पराजित भएको थियो । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बङ्ग्लादेश सहभागी छन् ।

नेपालले तेस्रो खेलमा आउँदो मार्चमा २१ मा फेरि भारतसँग खेल्नेछ । त्यस्तै मार्च २३ मा बङ्ग्लादेशसँग खेल्ने तालिका छ । साफ च्याम्पियनसिको शीर्ष टोलीले उपाधि जित्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here