एकैदिन सुनको मूल्य १८ सयले घट्यो


१ चैत्र २०७८, मंगलवार ११:२१ मा प्रकाशित

काठमाडौं चैत १ । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

सोमबार १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार १८ सयले घटेर एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here