झापा, फागुन ३० । झापा गोल्डकप फुटबलको उपाधिका लागि आज घरेलु टोली झापा–११ र त्रिभुवन आर्मी क्लबले खेल्दैछन् ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।
आज आर्मी उपाधि रक्षा अभियानका साथ मैदान उत्रिँदा झापा घरेलु मैदानमा पहिलो उपाधि जित्ने दाउमा हुनेछ । यसअघि आर्मीले तीन पटक झापा गोल्डकपको उपाधि जितेको थियो भने झापाले उपविजेतामा चित्त बुझाएको थियो।
प्रतियोगिताको उपाधि विजेताले नगद १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ पाउने छन् ।





