काठमाडौं, फागुन १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नायिका रेखा थापा सहित १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गर्नुभएको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पार्टीको विधानबमोजिम अध्यक्ष लिङदेनले बुधवार १४ जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गर्नुभएको इमेजखबरलाई जानकारी दिनु भयो । केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा रेखा थापा काठमाडौं, लक्ष्मी तण्डुकार काठमाडौं, समृद्धि राणा उदयपुर, मीना न्यौपाने चितवन, शान्ति माया गुरुङ धादिङ, लिलादेवी श्रेष्ठ इलाम, विन्दु पौडेल नवलपुर, प्रेक्षा मल्ल धनुषा, मीना झा सर्लाही, सन्तोषी शाही सुर्खेत, स्वाती थापा रुपन्देही, पुष्पा रजौरिया कपिलवस्तु, साबित्रा थापा काठमाडौं र जयाकुमारी महतो सप्तरी रहेका छन्





