झापा, पुस १८ । विगत दुई वर्षदेखि कोभिड–१९ का कारण रोकिएको ‘झापा गोल्डकपको पाँचौँ संस्करण’ आउँदो फागुन २१ गतेदेखि ३० गतेसम्म हुने भएको छ ।
मोफसलकै प्रतिष्ठित यो प्रतियोगिता बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले नगद छ लाख पाँच हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगितामा ११ फुटबल क्लबसहित नेपालका नौ र विदेशी एक गरी १० टिमको सहभागिता रहनेछ ।
प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।





