जनकपुरधाम, पुस ६ । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजना अघि बढ्ने बताउनु भएको छ । उहाँले एमसीसी परियोजना अगाडि बढाउने सरकारको दायित्व रहेको पनि बताउनु भएको हो ।
मंगलबार जनकपुरधाममा संचारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले यसअघिका सरकारकै पालामा एमसीसी परियोजनाका लागि प्रकृयाहरू अगाडि बढाइएको भन्दै यसलाई अगाडि बढाउनु वर्तमान सरकारको दायित्व भएको बताउनु भयो।
यद्यपि सबैको सहमति र सहाकार्यकै आधारमा एमसीसी परियोजनाको प्रक्रिया अगाडी बढाइने उहाँको भनाइ थियो ।





