काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा शुरू भएको छ ।
माओवादी केन्द्र र नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले बैठक बहिष्कार गरेका छन् । कोभिड-१९ संक्रमणका बारेमा एक मत बनाउन भन्दै ओलीले बैठक बोलाएका हुन् ।
बैठकमा भाग लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष दलका शीर्ष नेताहरु बालुवाटार आइपुगिसकेको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री ओलीले ओलीले कोरोना भाइरस संक्रमणको महामारी साझा समस्याका रूपमा देखिएकाले एकजुट भएर लड्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले कोरोना रोकथाम र नियन्त्रणका लागि बैठकमा सहभागी नेताहरूसँग सुझाव समेत मागेका छन् ।





