शुभारम्भ अभियानद्वारा वृक्षारोपण गरेर नयाँ वर्षको स्वागत


२ बैशाख २०७८, बिहीबार १४:१५ मा प्रकाशित

झापा । नव वर्ष २०७८ को अवसर पारी मेचीनगर १० मा अवस्थित शुभारम्भ अभियानले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार मेचीनगर १५ ज्यामिरगढीको श्रीकृष्ण प्रणामी मन्दिरमा एक कार्यक्रमकाबिच शुभारम्भले गमलामा वृक्ष रोपी वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेको हो ।

 

शुभारम्भ अभियानले स्थापनाकालदेखि नै सामाजिक क्षेत्रमा सक्रिय भई काम गर्दै आइरहेको छ । विशेष गरी वातावरणलाई स्वच्छ राख्न सरसफाई र वृक्षारोपण अभियानलाई यस संस्थाले विगत केही वर्षदेखि अघि बढाउदै आइरहेको छ । त्यस्तै यहि वैशाख ४ गते शुभारम्भ अभियानले मेचिनगर १० भित्र रही फोहोर व्यवस्थापनमा आवद्ध नगरपालिकाका कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम समेत आयोजना गरेको छ ।

यसैबिच स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने हेतुले नेपाली स्टारमा टप ८ मा पर्न सफल स्थानीय विशाल श्रेष्ठलाई समेत सोही अवसरमा सम्मान गर्ने कार्यक्रम रहेको शुभारम्भ अभियानका अध्यक्ष केपी शिवाकोटीले जानकारी दिए ।

वडा अध्यक्ष गुणराज भट्टराईको प्रमख अतिथ्यमा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य कुसम चौधरीको विशेष अतिथ्यता रहेको थियो । साथै स्थानीय क्लब, लगायत ज्यामिरगढी १५ का अन्य जुझारु यूवाहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here