विर्तामोड । सूर्योदय टेलिभिजनले आफ्नो छैटौँ वार्षिक उत्सव मनाएको छ ।
विर्तामोडमा आयोजित एक कार्यक्रमका विच अन्र्तक्रिया कार्यक्रमका साथै केक काटेर वार्षिक उत्सव मनाएको हो ।
वार्षिक उत्सव कार्यक्रममा बोल्दै सूर्योदय टि.भि एण्ड मिडिया प्रा.लिका अध्यक्ष मनोज उप्रेतीले टेलिभिजनलाई अझ शसक्त ढंगले अघि बढाउने बताए ।उनले कोरोना महामारीका कारण केहि समस्याहरु सृजना भएपनि यसलाई हल गर्दै लैजानु पर्नेमा जोड दिए ।
कार्यक्रममा सूर्योदय टेलिभिजनका सञ्चालक युवराज दाहाल,कर्पोरेट डाईरेक्टर याम विमली,समाचार प्रमुख रमेश तिवारी,कार्यक्रम प्रमुख देवी गौतम,कार्यक्रम उत्पादन प्रमुख दिपेन भेटवाल,प्रोड्युसर केशवराज भण्डारी,कार्यक्रम प्रस्तोता प्रेमराज घिमिरे,शुभला तामाङ,प्राविधिक कवि गुरागाई,संवाददाता लक्ष्मी लुईटेल,अनिल वाग्ले लगायतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमका विच भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघ झापा शाखाको निर्वाचनमा कार्यसमिति सदस्य पदमा निर्वाचित संवाददाता अनिल वाग्लेलाई बधाई तथा सम्मान गरीएको छ ।
सूर्योदय टेलिभिजनले स्थापनाकाल देखिनै सुचना,समाचार र मनोरञ्जनलाई मुख्य प्राथमिकता राखेको छ । करीब २ दर्जन भन्दा बढी कार्यक्रम र हरेक घण्टा समाचार प्रसारण गर्दै आएको सूर्योदय टेलिभिजनले स्थानीय विषयवस्तुलाई मुख्य प्राथमिकताकासाथ उठाउँदै आएको छ ।





