चितवनमा एकजना कोरोना संक्रमितको मृत्यु


८ आश्विन २०७७, बिहीबार ०७:५७ मा प्रकाशित

काठमाडौं । चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु गएराति १२ बजेर ५५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना संक्रमण देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here