देउवाविरुद्ध अनशनसम्मको आन्दोलन गर्ने असन्तुष्ट पक्षको चेतावनी


२० भाद्र २०७७, शनिबार १३:२३ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संस्थापन विरुद्ध अनशनसम्मको आन्दोलन सार्वजनिक गर्ने तयारी भएको छ।

सभापति शेरबहादुर देउवाले विधान विपरीत कदम चालेको भन्दै असन्तुष्ट पक्षले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ।

बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आज भर्चुएल बैठक गरेर आन्दोलनको घोषणा गर्ने तयारी भएको केन्द्रीय सदस्य गुरु घिमिरेले बताए । उनका अनुसार, भर्चुएल बैठकको अहिले तयारी भइरहेको छ।

महाधिवेशन सकिएको दुई महीनाभित्र गठन गरिसक्नुपर्ने विभागहरु अहिले बिधान बिपरीत गठन र बिस्तार भइरहेको आरोप पौडेल पक्षले लगाउँदै आएको छ ।

सभापति देउवाले भने ४७ मध्ये २० विभाग गठन गरिसकेका छन्। बिहीबार मात्रै सभापति देउवाले शुभेच्छुक संस्था समन्वय विभाग गठन गरेका थिए। तत्काल विभाग खारेज, क्रियाशील सदस्यता वितरण कार्य रोक नलगाए चरणबद्ध आन्दोलन गर्ने पौडेल समूहले तयारी गरेको छ।

शुरुमा अल्टिमेटम, त्यसपछि स्थानीय तहसम्म अन्तरक्रिया, धर्ना र अनशनसम्मको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको घिमिरेले बताए । कांग्रेसको १४औं महाधिवेशन आगामी फागुन पहिलो साता हुँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here