झापामा आफ्नै साथीले घाँटी रेटेर हत्या गरेको खुलासा


२० भाद्र २०७७, शनिबार १२:१३ मा प्रकाशित

झापा । झापाको झिलझिलेमा गोमनसिंह मगरको आफ्नै साथीले घाँटी रेटेर हत्या गरेको खुलेको छ ।

२८ वर्षीय मगरको गत भदौ १६ गते घाँटी रेटेर हत्या गरिएको थियो । अनुसन्धानका क्रममा पक्राउ परेका मनकुमार लिम्बुले हत्या गरेको स्वीकार गरेका छन् ।

लिम्बुलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । हत्यापछि उनको शव सडक किनारमै फालिएको थियो ।

दुईजनाबीच लेनदेखको बिषयमा विवाद हुँदा हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here