ललितपुर । स्थानीय युवा र गुठियारले रातो मच्छिन्द्रनाथको रथ तान्ने प्रयास गरेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ ।
कोरोना भाइरसको महामारीको जोखिमका कारण स्थानीय प्रशासन र गुठी संस्थानले रथ तान्ने काम रोक्न निर्देशन दिएका छन् । तर मलमास सुरु हुनुअघि अर्थात् असोज २ गतेअघि नै रथलाई बुङ्गमती पु¥याइ सक्नुपर्ने चलन रहेको भन्दै स्थानीय युवा र गुठियारहरुले रथ तान्ने प्रयास गरेका हुन् ।
अहिले ललितपुरको पुल्चोकमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन भएका छन् । चैत २७ गतेदेखि रथ निर्माण सुरु हुनुपर्नेमा लकडाउनका कारण असार १० गतेदेखि मात्रै निर्माण सुरु भएको थियो ।
त्यसपछि पटक–पटक रथ तान्न मिति तोके पनि कोरोनाको जोखिम कम नभएकाले सुरु हुन सकेको छैन ।





