कोरोना संक्रमणबाट पर्सामा थप तीनजनाको मृत्यु


१३ भाद्र २०७७, शनिबार ०९:५४ मा प्रकाशित

वीरगञ्ज । कोरोना भाइरस संक्रमणबाट वीरगञ्ज महानगरपालिकामा आठ घण्टाको अवधिमा तीनजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक महिला र दुईजना पुरुष रहेका छन्।

मृतकमध्ये दुईजना वीरगञ्ज–१२ मुर्ली र एक जना वडा नम्बर २५ मनियारीका रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए।

चौरायिसका अनुसार शुक्रबार साँझ साढे ५ बजे वडा नम्बर १२ मुर्लीकी ६५ बर्षीया महिलाको मृत्यु भएको हो। यस्तै, राति सोही ठाउँका ४३ पुरुषको ११ बजेर ५५ मिनेटमा मृत्यु भएको हो।

यस्तै, वडा नम्बर २५ का ३७ वर्षीय अर्का पुरुषको ४३ वर्षीय पुरुषको मृत्यु भएको केही घण्टापछि मृत्यु भएको डा. चौरसियाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here