नेपालमा कोरोनाका कारण थप एकको ज्यान गयो


३० श्रावण २०७७, शुक्रबार ०९:२१ मा प्रकाशित

सिरहा ।  नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ ।गएराति कोशी अञ्चल अस्पताल विराटनगरमा सिरहाको विष्णुपुर गाउँपालिका-१ गौरीपुरका ४० वर्षका पुरुषको ज्यान गएको हो ।

ज्वरो,टाइफाइड र श्वास-प्रश्वासमा समस्या देखिएपछि अस्ति विराटनगर पुगेका पुरुषको आइसोलेशनमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

उनको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो । अहिले शव सिरहा लैजाने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारेमा नियमित पत्रकार सम्मेलनमा मात्रै जानकारी दिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here